Rato Pana
खेलकुद

साहिब दरबारको आयोजनामा १५ दिने निशुल्क योग शिविर सुरु

वीरगञ्ज । साहिब दरबार सेवा संस्थान अध्यात्मिक केन्द्र वीरगञ्जको आयोजनामा महिला दिदी बहिनीहरुलाई लक्षित गरी बिहीबारदेखि निशुल्क योग शिविर सुरु भएको छ ।
शिविरको एक कार्यक्रमकाबीच वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत शैलेन्द्र कुमार सिंहले उद्घाटन गरेका थिए ।

शिविरको उद्घाटन गर्दै महावाणिज्य दूत सिंहले शरिर स्वस्थ बनाउन योगको महत्वपूर्ण योगदान रहेको भन्दै शिविरमा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।
अहिले विश्वभर नै योगको महत्व बढेको भन्दै उनले हरकोहीले योग साधनाबाट आफूलाई स्वस्थ्य राख्न सक्ने बताए ।

संस्थानका अध्यक्ष राजेशमान सिंहले संस्थानले लकडाउनको समयमा पनि भोकालाई निशुल्क भोजन गराएको स्मरण गराउँदै संस्थान जहिल्यै पनि सामाजिक हितमा काम गरिरहने प्रतिबद्धता जनाए ।
संस्थानले योग शिविर मात्रै नभई आउँदो आइतबारदेखि वीरगञ्जका विभिन्न वडाहरुमा निशुल्क आँखा जाँच शिविर पनि संचालनमा ल्याउन लागेको जानकारी दिए ।
संस्थानको उद्धेश्य हरेक नागरिकलाई जरुरी सेवा उपलब्ध गराउने उद्धेश्य अनुरुप आफूहरुले काम गरिरहेको पनि उनले जानकारी दिए ।

१५ दिनसम्म चल्ने शिविरमा प्रतिमा सिंह र लालसा चौधरीले योग प्रशिक्षण दिइरहेका छन् ।

शिविर उद्घाटन कार्यक्रममा संस्थानका सस्थापक सदस्य अन्नपूर्ण मानन्धर, वडा नम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, प्रेमबाबु पटेल, सस्थानका सदस्यहरु मिनु ठाकुर, संगिता दास, अफरोज आलम, वकिल हवारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण संस्थानका सचिव उमेशलाल सहनीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment