Rato Pana
अर्थ

श्रोत नखुलेको रकम सहित भारतीय युवक पक्राउ ।

वीरगंज । श्रोत नखुलेको रकम सहित भारतका १ युवक पक्राउ परेका छन ।

आज दिनको अंन्दाजी १३:३० बजेको समयमा भारत बिहार राज्य जिल्ला सितामढी बैरगिनिया बस्ने सिकिन्दर पासवानको छोरा १९ वर्षका बिकाश कुमार पासवान पक्राउ परेका हुन ।

जिल्ला रौतहट गौर न.पा.वडा नं.१ भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा भारतको बैरगनियाबाट गौर तर्फ आउदै गरेको BR. 30 AB- 2657 नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा सोही मोटरसाईकलको एयर फिल्टर भित्र लुकाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली नगद सहित पासवान पक्राउ परेका हुन ।

रु ४,५०,०००।– ( चार लाख पचांस हजार ) फेला परेकोले मोटरसाईकल र मोटरसाईकल चालकलाई सो रकम सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आजै गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

Leave a Comment