Categories अर्थ समाचार

श्रोत नखुलेको रकम सहित भारतीय युवक पक्राउ ।

Advertisement

वीरगंज । श्रोत नखुलेको रकम सहित भारतका १ युवक पक्राउ परेका छन ।

आज दिनको अंन्दाजी १३:३० बजेको समयमा भारत बिहार राज्य जिल्ला सितामढी बैरगिनिया बस्ने सिकिन्दर पासवानको छोरा १९ वर्षका बिकाश कुमार पासवान पक्राउ परेका हुन ।

Advertisement

जिल्ला रौतहट गौर न.पा.वडा नं.१ भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा भारतको बैरगनियाबाट गौर तर्फ आउदै गरेको BR. 30 AB- 2657 नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा सोही मोटरसाईकलको एयर फिल्टर भित्र लुकाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली नगद सहित पासवान पक्राउ परेका हुन ।

Advertisement

रु ४,५०,०००।– ( चार लाख पचांस हजार ) फेला परेकोले मोटरसाईकल र मोटरसाईकल चालकलाई सो रकम सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आजै गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *