पर्सा । वीरगञ्ज महानगरपालिकाकी उप प्रमुख शान्ति कार्कीले मानिसको सोच परिवर्तन नगरे सम्म समाजबाट लैङ्गिक हिसाको अंत्य हुन नसक्ने बताउनु भएको छ ।
पब्लिक एफ.एमको आयोजनामा वीरगञ्जको श्रीपुरमा अवस्थीत श्री नेपाल राष्ट्रिय बिद्द्यापित माबिमा लैङ्गिक हिंसाको बिरुद्धमा सचेता मुलक कार्यक्रममा प्रमुख अतिथिको रुपमा मंतव्य व्यक्त गर्दै सुश्री कार्कीले समाजमा दाईजो लिएकाहरुले दाईजोको बारेमा चर्को स्वरमा बिरोध गरिरहेको बताउनु भयो । वहाँले छोरी शिक्षामा समेत जोड दिनु भयो ।
कार्यक्रममा बिध्यालयका प्र.अ.अनिल वर्णवाल, नेपाली कागे्रसका नेता हुकुम सिंह राजपुत, नेपाल भारत मैत्री रेडियो श्रोता संघका अध्यक्ष बिजय पौडेल, पत्रकार मनोज मिश्र, पब्लिक एफ.एमका प्रबन्द निर्देशक मुकेश सिंह, कार्यक्रम संयोजक लालबाबु सिंह, बिध्यार्थीहरु सनम खातुन, कुलसुम खातुन, प्रिया सरार्फ, गिता धामी, गजेन्द्र कुमार लगायतकाले मंतव्य व्यक्त गरेका थिए ।
पब्लिक एफ.एमका निर्देशक शम्भु महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका कार्यक्रम संचालक संजय गुप्ता, एन्जल चौधरी, अनिल सहनी निषाद, संजय दास थारुको पनि सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकारण एफ.एमका स्टेशन प्रमुख राजेनद्र सिंहले गरेका थिए भने स्वागत एफ.एमका प्रबन्ध निर्देशक मुकेश सिंहले गरेका थिए ।







