बिरगंज । नेकपा एमालेका नेताहरु आज बीरगंज ओइरिएका छन । आगामी ८ गते पर्सा जिल्लाको जगरनाथपुरमा आयोजना गर्न लागिएको पार्टी प्रबेश कार्यक्रमको तयारी लगायताका अन्य बिबिध पक्षका बारेमा बुझ्न प्रदेश नम्बर २ भरिका नेताहरु पर्सा जिल्ला आएका हुन ।
जगरनाथपुरमा आयोजना हु्ने पार्टी प्रबेश कार्यक्रमलाई भब्य बनाउने उदश्यले आज एमाले नेताहरुको टोली स्थलगत अनुगमनको सिलसिलामा पर्सा आएका हुन।
टोलीमा एमालेका केन्द्रीय सचिब एवं पुर्ब उपप्रधानमन्त्री रघुबीर महासेठ, स्थायी समिती प्रभु साह, नेताहरु लिलानाथ श्रेष्ठ, पुरुषोतम पौडेल, ज्वाला साह, उच्युत मैनाली, प्रभु हजरा, राजकुमार गुप्ता, निर्मला देबकोटा, अरबिन्द सिंह, कल्पना कटुवाल, बलबरि चौधरी, बद्री प्रसाद न्यौपाने, सुमन प्याकुरेल , उद्धब रेग्मी, प्रदेशका अध्यक्ष, उपाध्याक्ष, सचिब, उपसचिब, सदस्याहरु,प्रदेश भरिका अगूवा नेताहरुको सहभागिता रहेको थियो ।
प्रभु हजराको सभापतित्वमा भएको कार्यक्रमको संचालन मनोज गुप्ताले गर्नुभएको थियो । अगूवा नेताहरुले स्थानीय कुमु होटलमा भेला गरि ८ गतेको कार्यक्रममा ब्यापक सहभागिता गराउने निर्णय गरिएको थियो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य के सी लामिछाने, प्रदेश महासचिब श्याम बन्जारा लगायतको सहभागिता रहेको थियो ।







