वीरगंज । वीरगंज महानरपालिकाकाे वडा नं. २१ पटेल नगरस्थित राम जानकी मंदिरको प्रागंणमा आइतबार नि: शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
साहिब दरबार सेवा संस्थान, नेपालको आयोजनामा र माट्रिका आई फाउन्डेसनको सहयोगमा भएकाे शिविरमा १९६ जनाले आँखाकाे परिक्षण गराएका छन् । जस मध्ये ६२ जनाको आँखामा मोतियाबिन्दु फेला परेकाे आयाेजक संस्था साहिब दरबार सेवा संस्थाले जनाएकाे छ । माेतियाबिन्दु फेला परेकाहरुकाे आउँदो बिहीबार र शुक्रबार नि:शुल्क शल्यक्रिया गरिने छ ।
शिविरमा संस्थानका राजेशमान सिंह, प्रेमबाबु पटेल, उमेहलाल सहनी, मुकेश द्विवेदी, शशी पाण्डे, कृष्णा पटेल, संजय मण्डल, प्रमोद पटेल, दिपलाल पटेल, ओम पटेल, पुरोषत्तम पटेल, अजय महतो, रूपेश यादव, पुनिल पटेल, रामजी पटेल, सिपलाल राम, सुदेश यादव लगायतको उपस्थिति रहेको थियोे ।
साहिब दरबार सेवा संस्थान कै आयाेजनामा भोलि पुस ५ गते सोमबार वीरगंज महानगरपालिकाकाे वडा नं. २७ जसौलीमा आँखा शिविर संचालन हुने मुकेश द्विवेदीले जानकारी दिए ।







