Categories विदेश

खुनको बदला खुन, बाँदरले २५० कुकुरको लियो ज्यान

महाराष्ट्रः भारतको महाराष्ट्र राज्यस्थित बीड जिल्लामा बाँदरको एक समूहले कुकुरसँग बदला लिएको छ। स्थानीयका अनुसार कुकुरले आफ्नो बच्चालाई मारेको भन्दै बाँदरको समूहले बदला लिएको हो। बदलामा बाँदरले २५० कुकुरको ज्यान लिएको भारतीय मिडियामा खबर छ। बाँदरले लिएको बदला देखेर आफूहरु हैरान बनेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार केही हप्ताअघि केही कुकुरले बाँदरको बच्चालाई लखेटी लखेटी मारेका थिए। कुकुरले आफ्नो बच्चा मारेको बदला लिन बाँदरहरुको एक समूह बन्यो र सो समूहले आफ्नो क्षेत्रभित्र रहेका करिब २५० कुकुरको ज्यान लिएको हो। हालः गाउँमा कुनै पनि कुकुर बाँकी नरहेको स्थानीयले बताएका छन्। बाँदरले कुकुर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत बनेको छ।

Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *