Categories विदेश

रुसले फेसबुकलाई तिरायो २ लाख ३० हजार डलर जरिवाना

मस्कोः फेसबुकले रुसलाई २ लाख ३० हजार अमेरिकी डलर जरिवाना तिरेको छ। रुसले अवैध ठानेको सामग्री हटाउन असफल बनेको भन्दै फेसबुकले सो रकम जरिवाना स्वरुप तिर्नुपरेको हो।

इन्टरफ्याक्स न्युजमा आइतबार प्रकाशित समाचारअनुसार रुस सरकारले अवैध ठहराएका अवैध सामग्री हटाउन नसकेको भन्दै फेसबुकले सो रकम जरिवाना तिर्नुपरेको हो।

Advertisement

यद्यपि, फेसबुकले भने सो सामग्रीप्रति कुनै प्रतिक्रिया नजनाएको बताइएको छ। फेसबुकको मेटा भर्सन, गुगल र ट्वीटरले समेत अदालतमा फेसबुकको जस्तै मुद्दा सामना गरिरहेका छन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *