Categories समाचार समाज

कैलालीको वनमा युवकको विभत्स हत्या

Advertisement

कैलाली । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्।

बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो।

Advertisement

हामी भारतको बैंग्लोर जाँदै छौं।’ झन्डै तीन मिनेटको अडियो म्यासेजमा मनोज नाम बताउने व्यक्तिले हत्या गरेको खुलाएका थिए। अडियोमा उनले भनेका छन्, ‘एक–दुई दिनमा तपाईं खबर पाइहाल्नुहुन्छ। घाँटी अलग छ। शरीर अलग छ।’

Advertisement

त्यत्तिकैमा अर्का व्यक्तिले सोधेका छन्, ‘कसको ?’

जवाफमा उनले भनेका छन्, ‘जसको भए नि अलग छ।’

मनोजले घाँटी अलग, शरीर अलग भनेर कुरा गरिरहँदा अन्य व्यक्ति पनि त्यहीँ भएको आवाज सुनिन्छ। एक जनाले आफू हत्यापछि बैंग्लोर जाने तयारी गरिरहेको बताएको पनि प्रस्ट सुनिन्छ।

म्यासेज सुन्नासाथ आत्तिएकी धर्मादेवी मोबाइल बोकेर अमरावती प्रहरी चौकी पुगिन्। प्रहरीले अडियो बजाएर सुनिनसक्दै अमरावती सामुदायिक वनका वनरक्षकलगायत व्यक्ति प्रहरी चौकी पुगे। वनमा घाँटी छिनाएको शव भेटेको खबर उनीहरूले प्रहरीलाई गरे।

अडियो र वनरक्षकको कुरा सुन्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्यो। त्यहाँ अर्जुनको शव भेटियो। म्यासेज र वनरक्षकको कुरा मेल खाएको थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *