Categories राजनीति समाज हाइलाइट-समाचार

बुवा पार्टी प्रवेश गर्न लागेको भन्दै छोराद्वारा बिष् सेवन ।

वीरगंज । पर्सामा एउटा अनौठो घटना बाहिर आएको छ। बुवाले पार्टी प्रवेश गर्न लागेको भन्दै छोराले बिष् सेवन गरेका छन ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा २ भगवानपुरका ४२ बर्षका बासुदेव महतो थारुको बुबा नारायण महतो थारुलाई पार्टी प्रवेश नगर्न जती बुझाएतापनि नमानेको भन्दै बासुदेव महताे थारुले बिष् सेवन गरेको थारूकी श्रीमती चेन्ता देवीले बताउनु भयाे ।

Advertisement

सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवालले पार्टी प्रबेशको नाममा काठमाण्डौ लगेको र नारायण महतोलाई छोरा बासुदेव महताेले पटकपटक मनाउदा पनि छोराको कुरा नमानेकोले छोरा बासुदेव महतो थारुले आइतबार साँझ करिब ६ बजे बिष् सेवन गरेका हुन।

Advertisement

थारुकि श्रीमती चेन्ता देवीको भनाई अनुसार “मेरो श्रीमान नेकपा एमाले समर्थक रहेकाले आफ्नो बुवालाई जसपामा प्रबेश गर्न काठ्माण्डौं नजानु भनेता पनि बुवाले नमानेको भएर मेरो श्रीमानले बिष् सेवन गरेका हुन ।” थारुको सखुवाप्रसौनी वडा २ गादी पोलिक्लिनिकमा उपचार भैइरहेको छ।स्वास्थ्यमा सुधार भएको डाक्टर राजन पुरीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *