वीरगंज । मानवीय शहर भनेर चिनिने वीरगंजमा बिगतका दिनहरूमा आवश्यक्ता अनुसार कपडा बैंक, राशन बैंक लगायत विभिन्न सेवा मूलक कार्यहरू हुदै आएको छ।
लकडाउन अवधिभर निशुल्क राशन बैंक संचालन गरि प्रभावित व्यक्ति सम्म सेवा पुर्याइएको थियो भने आर्थिक अवस्था कमजोर भएकाहरूको लागी हालसम्म निशुल्क कपडा बैंक संचालनमा रहेको छ।
विभिन्न सेवामुलक कार्य गर्दै आएको ठाकुर राम बहुमुखी क्याम्पसका समाजवादी विद्यार्थी युनियनले दैनिक ज्यालादारी गरि सडकमा जीवन यापन गर्ने व्यक्तिहरूकोलाई चिसोबाट जोगाउन र समस्या समाधान गर्न न्यानो कपडा वितरण गरेको छ।
ठाकुर राम बहुमुखी क्याम्पसका समाजवादी विद्यार्थी युनियन द्वारा गरीब ,असहाय ,निमुखा घरपरिवार तथा रिक्शा चालक हरुलाई जाडो बाट आफूलाई बचाउन कम्बल, पाईन्ट,सर्ट, भेष्ट, मोजा जस्ता अन्य न्योनो कपडाहरू वितरण गरिएको छ।
आफ्नो ज्यानझै अरूको ज्यान पनि अमूल्य रहेको हुनाले चिसो बढ्नासाथ समाजवादी विद्यार्थी युनियन द्वारा सो कार्यक्रम चलाइएको यूनियनका पवन यादवले जानकारी गराउनु भयो । कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई हृदय देखि धन्यवाद र आगामी दिनमा चाहिने सहयोगका लागि तत्पर रहनु हुनेपनी यादवले विश्वास व्यक्त गरेका छन ।








