Categories समाचार

देउवालाई दुई तिहाइ

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाइ बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामले देउवा समूहबाट उम्मेदवार बनेका नेताहरूको केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी उपस्थिति देखिएको हो ।

Advertisement

मंगलबार साँझसम्मको मतगणनाअनुसार देउवाइतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ । पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताको पक्षमा परिणाम देखिएको छ ।

Advertisement

नौ स्थानका लागि भएको महिला खुलातर्फ देउवाइतर समूहबाट सरिता प्रसाईं मात्र निर्वाचित भएकी छन् भने अन्य आठजना देउवा समूहबाट निर्वाचित भएका छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *