Categories समाचार

कांग्रेस अधिवेशनमा दुई पक्षबीच झडप, केही कार्यकर्ता घाइते

Advertisement

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश–२ समितिको मतदानबारे विवाद हुँदा दुई पक्षबीच झडप भएको छ । बुधबार (आज) सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच झडप भएको हो ।

उक्त झडपमा परी कांग्रेसका केही कार्यकर्ताहरु घाइते भएका बताइएको छ । जनकपुरधाममा भइरहेको अधिवेशनमा कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले विहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद उत्पन्न भएको हो ।

Advertisement

यता निर्वाचन समितिले भने प्रदेश २ मा बुधबार नै निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *