काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १९ जना गरी कुल २३६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ ।
यसैबीच थप २७२ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ८ लाख ९ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा भक्तपुरमा १३ जना, ललितपुरमा ३३ जना र काठमाडौंमा ७६ जना गरी काठमाडौं उपत्यकामा जम्मा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।







