Rato Pana
हाइलाइट-समाचार

क्वाटरमा झुण्डिएको अवस्थामा भेटीए एसएसपी यादव

वीरगञ्ज । सङ्घीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् ।

यादवको शव शुक्रबार मध्याह्न रुपन्देहीको भैरहवास्थित सरकारी क्वाटरमा झुण्डीएको अवस्था फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले दिएको जानकारी अनुसार यादवको मृत्यु बारे अहिले अनुसन्धान भइरहेको छ । उनको शव अहिले पनि क्वाटरमा नै राखिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार यादवको शव उनकी श्रीमती र परिवारका अन्य सदस्य काठमाडौँबाट आएपछि निकालिने छ ।

यादव संघीय इकाइ प्रहरी कार्यालय भैरहवाका प्रमुख हुन् । २०४९ सालमा सेवा प्रवेश गरेका ५५ वर्षे यादवले उमेर हदका कारण आगामी माघ १५ गते अवकाश पाउँदै थिए ।

सम्वन्धित समाचार

Leave a Comment