Rato Pana
समाचार स्वास्थ्य

थप २६० जनामा कोरोना पुष्टि, ३४९ द्वारा स्वास्थ्यलाभ

Advertise:
Advertise:

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ६० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ३७ जना र ३ हजार ८३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २३ हजार ०१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनामुक्त भए, १ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ३ सय ४९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १० हजार २७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ८९८ जनाको परीक्षण हुँदा हालसम्म कुल ५६ लाख ०८ हजार १८८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ ।

Advertise: Advertise: Advertise:

Related posts

Leave a Comment