वीरगंज । डिसेम्बर २५ तारिख विश्व भरी मनाउने गरिएको कृस्मसको अवसरमा आशा किरण केन्द्रका बच्चालाई कम्प्युटर,प्रीन्टर, न्यानो कपडा एव मिठाई खाजा सहयोग उपलब्ध गराइएको छ ।
बिरगंजको सिद्धार्थ मा.बि.को प्राणङमा रहेको सुस्तमनिस्थितिका बालबालिकालाई दैनिक हेरचाह गर्ने संस्था आशा किरण केन्द्रलाइ लाइन्स क्लब अफ बिरगंज संस्कृति गोल्डबाट सो सहयोग उपलब्ध गराइएको हो ।
कार्यक्रममा क्लबका अध्यक्ष सुधा कार्कि थापाले आशा किरण केन्द्रले सुस्तमनिस्थितिका बालबालिकाको लागि गरिएको प्रयास अति नै स्रहानिय रहेको साथै त्याहाका सदस्यहरुले केन्द्रकोलागि गरेको योगदानको उच्च कदर गर्दै सबैमा कृश्मसको शुभकामना दिदै बच्चा एवं अभिभावहरुलाइ कृस्मस टोपी लगाएर केक काटिनुका साथै कम्प्युटर, प्रीन्टर,मिठाइ, न्यानो कपडा एवं अन्य सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवले सबै आगन्तुक पाहुनाहरुलाइ खादा ओढाइ स्वागत मन्तव्य ब्यक्त गरि स्वागत गर्नु भएको थियो भने कोषाध्यक्ष सन्दिप मेहता, लायस रमेश अग्रवालले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा क्लबका रमेश अग्रवाल, स्वेता मानन्धर, सुनिला अग्रवाल, प्रीया सिह, रिता सिकारिया, बिनिता अग्रवाल, श्याम अग्रवाल, डि.एन. अग्रवाल, रजनी वर्मा, सिन्धु कुश्वाहाको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन सचिव भगवती सिगदेलले गर्नु भएको थियो ।







