Categories समाचार स्वास्थ्य

सबैठवामा ४ महिला सहित ६१ जना द्वारा रक्तदान

Advertisement

वीरगंज । सबैठवा यूवा समितिकाे आयाेजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज वडा न २३ मा रहेको राम जानकी मठ परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहित ६१ जनाले रक्तदान गरेकाे समितिका अनिषकान्त कुशवाहाले जानकारी दिनुभयो ।

श्रीराम हास्पिटल विर्ता कि महिला रोग बिशेषग्य डा प्रिती यादवको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा बिशिष्ठ अतिथि श्रीराम हास्पिटल विर्ताका कन्सलटेन्ट फिजिसियन डा मनिष खन्ना, सामाजिक अभियन्ता प्रकाश थारू, समाजसेवी तथा यूवा नेता ओमप्रकाश सर्राफ, भोलेन्टियर समुह वीरगंजका संयोजक राजन श्रीवास्तव, स्वास्थकर्मी अली अकबर हुसैन, करण पटेल, पब्लिक फिटनेसका संचालक करण यादव, ग्यालेक्सी फिटनेसका संचालक सन्नी आलम, ज्योति यूवा कल्बका अध्यक्ष रामानन्द कुशवाहा,  मकसुदन अंसारी तथा अतिथिमा दी हन्ड्रेड ग्रुप पर्साका सचिव बिक्की सर्राफ, युवा वचन संस्था पर्साका अध्यक्ष किशन सर्राफ, कमलेश कुशवाहा रहनु भएको थियो ।

Advertisement

आफ्ना मन्तब्य राख्दै वक्ताहरूले ग्रामीण भेगमा रक्तदान कार्यक्रममा बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो। सब भन्दा बढी ग्रामीण क्षेत्रका बिरामीलाई रक्तको आवश्यकता परेपनी जनचेतनाको अभावले सबभन्दा कम रक्त संकलन हुन्छ । साथै महिलाहरूलाई पनी समय समयमा रक्तदान गर्न अनुरोध गर्दै आयोजन संस्था प्रती धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Advertisement

श्रीराम हास्पिटल विर्ता, भोलेन्टियर टीम वीरगंज, ज्योती युवा क्लब, राधेमाई अफसेट प्रेसको सहयोगमा भएको सो कार्यक्रममा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । समितिका अध्यक्ष एसानुल अन्सारीको अध्यक्षतामा भएको सो कार्यक्रम संचालन स्वास्थ्यकर्मी अनिषकान्त कुशवाहाले गरेका थिए भने रक्त संचार केन्द्र वीरगंजका सौरभ राज पाण्डेको प्राविधिक सहयाेग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *