रामजी यादव
पर्सा । बिरगंज महानगरपालिका वाड नं १६ इनर्वामा प्लान स्टार सानो संसार स्किल डेभल्मेन्टको आयोजनामा सिपमुलक प्रशिक्षण तालिम समापन्न कार्यक्रम समपन्न गरेको छ।प्लान स्टार सानो संसार स्किल डेभल्मेन्टको क्षेत्रिय कार्यालय प्रमुख श्याम चौधरीको अध्यक्षत्तामा सिपमुलक प्रशिक्षण तालिम कार्यक्रम को समापन्न भएको हो।
हरेक समाजका महिला पुरुषलाई सिपमा परिणत गरि दिगो आर्थिक बिकासका लागि गरीब, दलित, अपाङग, पिछडिएको बर्गलाई निशुल्क तालिम तथा कार्यक्रमको ब्यवस्था गर्ने र सिपको बिकासका लागि अत्यन्तै सुदृढ़ प्रकृयामा लाने र घर -घरमा आर्थिकको कमी हुन न दिन यस संस्थाको मुख्य उदेश्यको लागि प्रशिक्षण तालिम दिईएको छ। समाजमा बातावर्णीय सिपमुलक शिक्षाको बिकास गर्नें मुल कार्य क्षेत्र रहेको छ।
यस संस्थाले गरिब ,दलित ,अपाङग,एकल महिला,र पिछिडिएका बर्ग र समाजमा पछाडी परेकाहरुलाई केन्द्र बिन्दुमा राखी उनीहरुको आत्म सम्मानका साथ जिवन जिउन् सिपमुलक शिक्षा स्वास्थ्य खाद्यान्न सुरक्षा र आर्थिक लगायतका गतिबिधीहरुमा आफ्ना कार्यहरु गर्दै मानव अधिकार मुखी सिपको अवधारणालाई अवलम्बन गर्ने यस कार्यालयको मुख्य उदेश्य रहेको छ।
कार्यक्रमहरुलाई नेपालका बिभिन्न जिल्लाहरुमा बिभिन्न सरोकारवाला निकाय अधिकार वाला समुह जल ,जंगल ,जमीन लक्षित स्थानिय हरुमा खेर गरिएका बस्तुहरु श्रोत साधनलाई प्रशोधन गरेर प्रत्येक घर-घरमा रोजगार र औधोगिक बिकिस गर्नका लागि बिभिन्न समुदायहरूलाई सिपको बिकासमा सम्मान पहुच पुर्याउने दिगो जिबीकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले हाम्रा बिभिन्न कार्यक्रमहरुलाई अधिकार मुखि अवधारणा अनुसार संचालन गर्ने यस संस्थाको लक्ष्य राखी स्थापना गरेको छ।
संघिय साँसद हरिनारायण रौनियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ट अतिथी पकहाँमैनपुर गाउँपालिका अध्यक्ष बिजय चौरसियाँ, प्रदेश सासंद करिमा बेगम,केन्द्रीय सदस्य शिव पटेल,सामाजिक अभियान्ता ओमप्रकाश सर्राफ, ईन्जिनियर नुरहोदा आलम, लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए।
प्लान स्टार सानो संसार स्किल डेभल्पमेन्ट द्वारा बीस जना सिपमुलक प्रशिक्षण तालिम लिएकालाई उपस्थित भएका नेतागणले प्रमाण- पत्र बितरण गरेका थिए।कार्यक्रममा प्रशिक्षिका सोनु चौधरी ,एकाउन्टेन्ट माया चौधरी,रन्जु शर्मा कर्मचारी लगायत संचारकर्मीहरुको सहभागी रहेको थियो।







