Categories खेलकुद समाचार

एनएमएसआरए एफ १५ नकआउट क्रिकेट प्रतियोगितामा एनएमएसआरए रेड विजयी

Advertisement

वीरगञ्ज । नेपाल औषधी तथा बिक्रि प्रतिनीधि संघ पर्साले आयोजना गरेको प्रथम एनएमएसआरए एफ १५ नकआउट क्रिकेट प्रतियोगिताको आज सम्पन्न भएको छ ।

यहाँस्थित आदर्शनगर रङ्गशालामा सम्पन्न फाइनल खेलमा एनएमएसआरए रेड विजय भएको छ । क्वेस्ट फार्मासिटिकललाई ९ विकेटले पराजित गर्दै एनएमएसआरए एतिहासिक विजय भएको हो ।

Advertisement

टस जितेर पहिलो इनिंग खलेको क्वेस्टले १३ ओभर खर्चेर १० विकेट गुमाउदै ८७ रन बनाएको थियो । जवाफी इनिंगमा रेडले ७ ओभर ३ बल खेलेर १ विकेट गुमाउदै ८८ रन बनाएर क्वेस्टलाई ९ रनले हराएको एनएमएसआरएका सचिव राम गोसाईले जानकारी दिए । त्यसैगरी प्लेयर अफ थ म्याचको उपाधि एनएमएसआरए रेडका बलर सचिन कुमारले हासिल गरेका छन् । उनले ३ ओभरमा १५ रन खर्चिंदै ३ विकेट लिएका थिए । त्यसतै प्ल्येअर अफ द सिरिज उपाधि एनएमएसआरए रेडकै राजेन्द्र बस्नेतले प्राप्त गरेका छन् ।

Advertisement

विजेत टोलि एनएमएसआरए रेडलाई प्रमुख अतिथि क्वेस्ट फार्मा सिटिकलका मार्केटिंग निर्देशक तथा एनएनएसआरएका संस्थापक सचिव शैलेन्द्र प्रसाद वर्मा २५ हजार रुपैयाँ नगद, ट्राफि, सिल र सर्टिफिकेट हस्तान्तरण गरेका थिए । त्यसैगरी दोस्रो स्थान हासिल गरेको क्वेस्ट फार्मासिटिकललाई १५ हजार रुपैयाँ नगद प्रदान गरिएको सचिव गोसाईले बताए ।

तिनदिवसीय प्रतियोगितामा म्यागनस फार्मा, भास्कर, एनपीएल लगायत ८ वटा टिम सहभागी रहेका थिए । एनएमएसआरए वीरगञ्जका अध्यक्ष मनोज साहको सभापतित्वमा सम्पन्न फाइनल खेलमा नेपाल औषधी व्यवसायी संघ प्रदेश २ का सचिव पप्पु झा, पर्सा जिल्ला अध्यक्ष ताजुदीन अन्सारी, सचिव विश्वाज राज गौतम, पिनका अध्यक्ष महेबुब आलम, पीसीनका अध्यक्ष शिवाजी यादव, नबिल बैंक श्रीपुर शाखाका प्रबन्धक सन्तोष साह, भोलेन्टियर समूहका संयोजक राजन श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितालाई क्वेस्ट फारमासुटिकल, भास्कर फारमासुटिकल, म्यागनस फार्मा, भवानी अफसेट प्रेस, एक्स्पर्ट एडुकेसन, फेयर डिल मेसिकल स्टोर, पाथ फार्मा डिष्ट्रिब्यूटर, निर्जल वाटार, फार्माकम डिष्ट्रिब्यूटर, यात्रा डेली प्रालि लगायतले प्रायोजन गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *