Categories समाचार

मेरी क्रिसमसको अवसरमा पहिलो पाईला नेपाल द्वारा खाजा सहयोग

Advertisement

वीरगंज । २५ डिसेम्बर विश्व भरी मनाउने गरिएको मेरी क्रिसमसको अवसरमा मानव सेवा आश्रम वीरगंजमा दिवा खाजा बितरण गर्नुका साथै केक काटेर शुभकामना आदान प्रदान गरी मनाईएको छ।

पहिलो पाईला नेपाल पर्सा शाखाले आश्रममा रहेका आमा बुवाहरूलाई खाजा (मोमो) खुवाएर सान्ताको भेषमा केक काटी मेरी क्रिसमसको शुभकामना आदान प्रदान गरेको हो ।

Advertisement

संस्थाका अध्यक्ष निश्चल प्रजापतिको अध्यक्षतामा भएको सो कार्यक्रममा मधु प्रजापति, नबिन सामानी, मनिष चालिसे लगायतको सहभागीता रहेको थियो ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *