Rato Pana
अर्थ

भन्सार छलीका २५ लाख मूल्य बराबरको सामाग्री बरामद

वीरगञ्ज । अवैध रूपमा भन्सार छली भित्रयाईएको २५ लाख मूल्य बराबरको सामाग्रीसहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघर सडकखण्डमा चेकजाँचको क्रममा ना.३ ख ७४८ नम्बरको मालवाहक मिनी ट्रकले सामाग्रीको बिलबिजक देखाउन नसकेपछि सामाग्रीसहित मिनी ट्रक नियन्त्रणमा लिइएको हो ।

लत्ताकपडा तथा खुद्रा सामाग्रीसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३७ वर्षीय (चालक) प्रेम बहादुर स्याङ्बो तामाङ्लाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

Leave a Comment