Categories अर्थ समाचार

भन्सार छलीका २५ लाख मूल्य बराबरको सामाग्री बरामद

Advertisement

वीरगञ्ज । अवैध रूपमा भन्सार छली भित्रयाईएको २५ लाख मूल्य बराबरको सामाग्रीसहित पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित घण्टाघर सडकखण्डमा चेकजाँचको क्रममा ना.३ ख ७४८ नम्बरको मालवाहक मिनी ट्रकले सामाग्रीको बिलबिजक देखाउन नसकेपछि सामाग्रीसहित मिनी ट्रक नियन्त्रणमा लिइएको हो ।

Advertisement

लत्ताकपडा तथा खुद्रा सामाग्रीसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० निवासी ३७ वर्षीय (चालक) प्रेम बहादुर स्याङ्बो तामाङ्लाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *