Categories विदेश समाचार

सलमान खानलाई सर्पले टोक्यो, अस्पताल भर्ना

Advertisement

वीरगञ्ज। चर्चित भारतीय अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । सलमान शनिबार क्रिसमस मनाउन आफ्नो पनवेल फार्म हाउस गएका बेला सर्पले डसेको भारतीय सञ्‍चार माध्यमले जनाएका छन् ।

यसपछि सलमानलाई कामोठे एमजीएम अस्पतालमा भर्ना गरिएको थियो । जानकारीअनुसार सर्प विषालु थिएन । उपचारपछि सलमान डिस्चार्ज भएका छन् । उनको स्वास्थ्य अहिले सामान्य रहेको बताइएको छ ।

Advertisement

उपचारपछि सलमान बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किएका छन् । उनी परिवार र साथीभाइसँग क्रिसमस मनाउन पनवेल फार्म हाउस पुगेका थिए । यो क्षेत्र पहाड र जंगलले घेरिएको छ । यस कम्प्लेक्समा सर्प र अजिंगरहरू प्रायः देखिने बताइन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *