Categories कृषि समाचार

मल अभावको बिरोधमा वीरगंजमा ओविसीको प्रर्दशन

वीरगंज। गहुँ र मकैको मुख्य सिजनमै मलको अभाव भएको भन्दै एमाले निकट ओविसी पर्साले आज वीरगंजमा प्रर्दशन गरेको छ ।

ओविसीले केन्द्रिय उपाध्यक्ष अकलेश साहको अगुवाईमा जिल्ला प्रशासन कार्यालय पर्साको मुख्य गेटमा एकघण्टा धर्ना सहित प्रर्दशन गरेको हो । मल खाद्यको व्यवस्था गर, किसानको माँग पुरा गर, स्थानिय सरकार मुर्दावादा,प्रदेश २ सरकार मुर्दावाद, किसान मार्न पाईदैन लगायतको नारा सहित ओविसीका पदाधिकारीले धर्ना दिएका थिए ।

Advertisement

गँहु र मकैको लागि आवश्यक युरिया र डिएपी मल अभावका कारण यसपालि पनि किसानहरु पिडित बनेका छन । सरकारले किसानलाई चाहिने आवश्यक मल समयमै व्यवस्थापन नगर्दा बर्षेनी किसानहरु धान र गहुँको मुख्य सिजिनमा मारमा पर्ने गरेको उपाध्यक्ष साहले बताए ।सरकारले समयमै मल व्यवस्थापन नगरे कडा आन्दोलन समेत गर्ने उपाध्यक्ष साहले बताए । मल अभावको समस्या समाधानका लागि मंसिर २० गते पनि ओबिसि पर्साले कृषि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको थियो ।

Advertisement

ओविसी पर्साका अध्यक्ष प्रमोद महतोको नेतृत्वमा भएको बिरोध कार्यक्रममा ओसिवीका केन्द्रिय सदस्य राजेश सहनी,राजन साह कानु,सचिव संदिप महतो,संतोष पटेल,राजेश पटेल,महादेव शर्मा,अरुण कुशवाहा लगायतको सहभागिता रहेको सचिव भगवानलाल पटेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *