श्याम सर्राफ
वीरगन्ज । पर्साको पश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रबाट हजारौंको संख्यामा रोजगारीका लागि बजार क्षेत्र आउने साइकल यात्री तिलावे हुँदै ओहोर–दोहोर गर्ने गर्दछन् । साइकल यात्रीको सुरक्षाका लागि भन्दै रातिमा टल्किने स्टिकर टाँस्ने अभियानलाई निरन्तरता दिइएको छ ।
सो अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले पश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रबाट हजारौंको संख्यामा वीरगन्ज प्रवेश गर्ने साइकलहरूमा बहुवरी चोक स्थित रातिमा टल्कने स्टिकर लगाउनुको साथै ट्राफिक प्रहरी सहायक निरीक्षक श्रीराम खतिवडाले साइकल चलाउदा ध्यानदिनु पर्ने कुराबारे प्रशिक्षण सहित पम्पलेट बितरण गर्नु भयो ।
बजार क्षेत्रमा बिभिन्न उद्देश्य संगै कामको खोजीमा आएका श्रमिकले प्रयोग गरेका साइकल र अन्य सवारिसाधनहरूमा स्टिकर लगाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सडकमा बत्ति नभएको ठाउँमा साइकलको यात्रा जोखिमयुत्त रहेकोले साइकल यात्रुको सुरक्षाका लागि अभियानलाई निरन्तरता दिइएको ट्राफिक प्रहरी सहायक निरीक्षक श्रीराम खतिवडाले जानकारी दिए ।







