Categories समाचार

अवैध नलकटुवा बन्दुक सहित एक युवक पक्राउ

Advertisement

बारा । जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.४ चैनपुर टोल बस्ने साबिर देवानका छोरा अं.वर्ष २४ को सनवर देवानले अवैध नलकटुवा बन्दुक सहित पक्राउ परेका छन ।

अवैध नलकटुवा बन्दुक बोकी हिडेको सूचनाको आधारमा मिति २०७८/०९/११ गते बिहान अं.०५:०० बजे इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट खटिएको प्रहरी टोलीले देवानलाई पक्राउ गरेको हो ।

Advertisement

परवानीपुर गा.पा.वडा नं.४ चैनपुर टोल स्थित लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरभित्रबाट देवानलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा निजले कम्मरको भागमा लुकाई छिपाई राखेको अवस्थामा अबैध कटुवा बन्दुक थान-१ र पाइन्टको खल्तीमा ८ पिस लागू औषध नाइट्राभेट ट्याबलेट फेला परेको थियो ।

Advertisement

देवानलाई पक्राउ गरी हातहतियार तथा लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ५ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *