Categories समाचार

पत्रकार महासंघ पर्सामा गरिएको निर्णयको कार्य समिति सदस्यद्वारा नै विरोध ।

Advertisement

वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा कार्य समितिको निर्णयको विरोध भएको छ ।

महासंघले प्रत्येक वर्ष वितरण गर्ने गरेको गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार वितरणमा कार्य समितिका केही सदस्यले विरोध गरेका छन् । नेपाल पत्रकार महासंघ पर्साको कार्य समितिको सोमबार बसेको तेश्रो बैठकले गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार वितरणको लागि प्रेस चौतारी नेपालमा आबद्ध पत्रकारहरुलाई मात्रै वितरण गर्ने निर्णय गरेपछि कार्य समितिका २ जना सदस्यले विरोध गरेका छन् ।

Advertisement

पुरस्कार वितरणको लागि कुनै पनि मापदण्ड तथा प्रक्रिया नै नपुर्याई हचुवाको भरमा पुरस्कार वितरणको लागि नामावली छनौट गरिएको छ । कार्य समितिको बैठकमा सहभागि कार्य समिति सदस्य नरेश सर्राफ र अजय चौरसियाले महासंघको नाममा प्रेस चौतारीका पदाधिकारीहरुले एकलौटी निर्णय गरेको आरोप लगाएका छन् । कार्य समिति सदस्य नरेश सर्राफका अनुसार नेपाल पत्रकार महासंघ सम्पूर्ण पत्रकारको छाता संगठन भएकोले सम्पूर्णलाई समेटेर लैजानुपर्नेमा कुनै पनि पुरस्कार, तालिम एवं अन्य कार्यमा प्रेस चौतारीका पदाधिकारीहरुलाई मात्रै सिफारिस गर्ने गरेको बताए । पत्रकार महासंघलाई प्रेस चौतारीको इसारामा चलाइ रहेको उनको आरोप छ ।

Advertisement

महासंघ कार्य समितिको निर्णयप्रति सर्राफ र चौरसियाले असहमति जनाए पश्चात प्रेस चौतारीमा आबद्ध अन्य पदाधिकारीहरुले जबरजस्ती निर्णय लाद्न खोजेपछि सर्राफले बैठक बहिष्कार गरेका थिए । उनले अन्य छाता संगठन एवं स्वतन्त्र पत्रकारहरुलाई पनि पुरस्कार दिनुपर्ने भनेपछि महासंघका केही पदाधिकारीहरुले आफ्नो हैकमवादी लाद्न खोजेपछि सर्राफ र चौरसियाले महासंघको निर्णयप्रति विरोध जनाउँदै असहमति जनाए ।

सर्राफका अनुसार प्रेस चौतारी आबद्ध पदाधिकारीहरुले पहिलादेखि नै पुरस्कारको लागि दुईजना चौतारीका पदाधिकारीको नाम लिएर आएका थिए, हामीले अन्य पत्रकारहरुको पनि नाम राखेर छलफल गरौं भनेका थिए तर त्यससलाई वेवास्ता गर्दै एकलौटी रुपमा पत्रकार महासंघमा बहुमतको दम्भ देखाई ति दुईजनालाई नै पुरस्कार दिने भनेर निर्णय गरेपछि असहमति जनाएको बताए । नेपाल पत्रकार महासंघ पर्सा शाखाले वर्षेनी एक जना पत्रकारलाई स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ ।

यसरी नै अर्का कार्यसमिति सदस्य चौरसियाले आजको बैठकले महासंघको तेश्रो तल्लाको भवन निर्माणका लागि समिति बनाउने क्रममा सबैलाई नसमेटिएको र स्व. गोपाल गिरी स्मृत्ति पत्रकारिता पुरस्कारमा पनि एकलौटी गर्न खोजेपछि ‘नोट अफ डिसेन्ट’ लेखि असहमति जनाई बैठकबाट बाहिरिएका थिए । बैठकले चौतारी आबद्ध प्रताप श्रेष्ठ र विजय भण्डारीलाई पुरस्कार दिने जबरजस्ती निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *