Categories समाचार

जघन्य अपराध घट्यो, बैंकिङ कसुर र चोरी बढ्यो

Advertisement

काठमाडौं । पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो ।

प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिना अर्थात् गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ५ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

Advertisement

यसैगरी, सोही अवधिमा चोरीका घटनामासमेत ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । सो तथ्यांक प्रहरीले अघिल्लो आर्थिक वर्षको सोही अवधिलाई आधार मान्दै तयार गरेको हो ।

Advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले अघिल्लो वर्ष कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण मानिसहरू घरमै बसेकाले चोरीका घटनामा कमी भएको देखिएको तर अहिले सो संख्यामा केही बढेको तथ्यांकले देखाएको बताए ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७-७८ को सुरुको पाँचमहिने अवधिमा ८ सय ८० बैंकिङ कसुरका घटना भएको देखिएको छ । तर, चालू आर्थिक वर्षको सो अवधिमा नै १८ सय ७ बैंकिङ कसुरका घटना भएको पाइएको तथ्यांक देखाउँछ । यो भनेको १ सय ५ प्रतिशत बढी हो । यो खबर आजको राधाजनी दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *