वीरगंज । वीरगंज महानरपालिकाकाे वडा नं. १८ सौराहा स्थित ने.रा.आ. विधाल्यको प्रागंणमा आज नि: शुल्क आँखा शिविर सम्पन्न भएकाे छ ।
साहिब दरबार सेवा संस्थान, नेपालको आयोजना तथा माट्रिका आई फाउन्डेसनको सहयोगमा जारी रहेको नि:शुल्क शिविरमा १२५ जनाले आँखाकाे परिक्षण गराएका छन् । जस मध्ये ४२ जनाको आँखामा मोतियाबिन्दु फेला परेकाे आयाेजक संस्था साहिब दरबार सेवा संस्थाका राजेश मान सिंहले जानकारी गराउनु भयो। माेतियाबिन्दु फेला परेकाहरुकाे आउदो शुक्रबार नि:शुल्क शल्यक्रिया गरिने सिंहले बताउनु भयो ।
बिभिन्न ठाँउमा गरिएको नि:शुल्क शिविरलाई निरन्तरता दिदै आज आयोजीत शिविरमा संस्थानका राजेश मान सिंह , प्रेमबाबु पटेल ,उमेशलाल सहनी , मुकेश दुवेद्धी , अरूण सिंह ,ओमप्रकाश साह , भोला पटेल, संजय शर्मा , अवधेश साह लगायतको उपस्थिति रहेको थियो ।







