Categories समाचार

मुलकभर ९०७९ रोपनी जग्गा कब्जा, रहेन खोला र मसानघाट पनि

Advertisement

काठमाडौं । सरकारी, सार्वजनिक र गुठी जग्गा २१ जिल्लामा ९ हजार ७९ रोपनी १० आना अतिक्रमण भएको छ।

भूमाफियाले चलखेल गरी कर्मचारी, नेताको मिलेमतोमा मसानघाटदेखि खोलासम्मको जग्गा हडपिएको सरकारी अध्ययनले देखाएको छ। तर, यससम्बन्धी प्रतिवेदन सरकारले दुई वर्षसम्म सार्वजनिक गरेको छैन।

Advertisement

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका ती प्रतिवेदन अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ।

Advertisement

नेता र कर्मचारीकै मिलेमतोमा सार्वजनिक सम्पत्ति हडपिएका कारण प्रतिवेदन सार्वजनिक गर्न सरकारले आनाकानी गरिरहेको हुन सक्ने तत्कालीन आयोगका पदाधिकारी बताउँछन्।

‘अध्ययन त हामीले धेरै गरेका थियौं। तर, ३३ वटा प्रतिवेदन प्रधानमन्त्रीलाई बुझायौं’, तत्कालीन सदस्य पुण्य भुसाल भन्छन्, ‘बाँकी अध्ययन गरिएको फाइल विभागीय मन्त्रालय भूमि–व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई हस्तान्तरण गरेका छौं।’ कुनै–कुनै विषयका अध्ययनको ९५ प्रतिशत कामसमेत सकिएको भुसाल सुनाउँछन्।

यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *