Categories समाचार

आदर्शनगरको अव्यवस्थित बिजुली पोल र तार व्यवस्थित गर्ने निर्णय

Advertisement

वीरगंज । वीरगंजको आदर्शनगर क्षेत्रमा अव्यवस्थित बिजुली पोल र तारलाई व्यवस्थित गर्ने निर्णय भएको छ । सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंजलाई सफासुग्घर, हराभरा, व्यवस्थित बनाउने अभियान अन्तर्गत मङ्गलवार बिहान ११ बजे बैठक बसी सो निर्णय भएको हो ।

नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र वीरगंज, व्यवस्थित वीरगंजका पदाधिकारी, ग्रीनसिटीका पदाधिकारी, इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको बैठकले तीनवटा निर्णय गरेको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी गराए ।

Advertisement

बैठकले बिजुली पोलबाट अनावश्यक केबलका तारहरू हटाउने, बिजुली पोलमा काम नलाग्ने भएको तार हटाउने र पुराना जीर्ण पोललाई हटाइ नयाँ पोल लगाउने निर्णय गरेको छ ।

Advertisement

बैठकमा वप्रका, बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख ट्राफिक प्रनि सुमन कार्की, प्रहरी चौकी आदर्शनगरका प्रनानि गौरीशङ्कर साह, ग्रीनसिटीका पदाधिकारी मनोजकुमार बखरी, जिल्ला प्रशासन कार्यालय, पर्साका प्रतिनिधि कमल पाख्रिन, नेपाल विद्युत् प्राधिकरण, वितरण केन्द्र वीरगंजका प्रतिनिधि सञ्जीव उपाध्यायलगायतको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *