Categories समाचार

पर्सामा फुड रेंज अनलाईन डिलेवरीको सुरुवात ।

पर्सा । वीरगञ्जको लाठ गली स्थित फुड रेज अनलाईन आजबाट सुरुवात भएको छ। नया  ढंगबाट सुरुवात भएको  फुड रेंज अनलाईन डिलेवरी को आज एक कार्यक्रम बीच पर्सा क्षेत्र नं.१ का संघीय सांसद प्रदीप यादवले उद्घाटन गर्नु भएको छ ।

लगभग १३ लाख लगानीमा फुड रेंज अनलाईन डिलेवरी संचालन गरिएको छ। अंग्रेजी नँया सालको अवसरमा जनवरी ७ सम्म हरेक अर्डरमा १०% छुट सहित डिलेवरी चार्ज रु ३५ मात्र राखिएको संचालक द्वारा जनाईएको छ। अर्डर गरेको २५ देखी ४० मिनटमा समान डिलेवरी गर्नुका साथै रेसटुरेन्टमा डिजिटल क्यु आर कोड मेनु फ्रि मा राखिने समेत बताईएको छ ।

Advertisement

हालका लागी वीरगञ्ज भरी सेवा दिइने र बढिमा २ महिना भित्रै ५ जिल्लामा सेवा संचालक गर्ने संचालक द्वयले जनाउनु भयो । हरेक महिनाको २९ गते टप ५ जनालाई अर्डरको साथै आकर्षण उपहारको व्यवस्था समेत गरिएको समेत बताउनु भयो ।

Advertisement

आफ्नो मन्तव्य राख्दै सांसद यादवले वीरगञ्ज को युवा तथा महिला उद्यमी द्वय जोया अंसारी र अभिराज चौरसिया को संयुक्त लगानीमा सुरुवात भएको यो अनलाईन फ़ूड रेंज अन्य युवाहरुको लागि पनि देशमै रहेर केही गर्न सकिन्छ र नयाँ सोचसहित सानो लगानीबाट पनि राम्रो व्यवसायको सुरुवात हुन्छ भनि प्रेरणा मिल्ने विश्वास लिँदै दुवै युवा युवती तथा यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई बधाई एवम् शुभकामना व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *