वीरगञ्ज । प्रधानमन्त्रि कप क्रिकेट प्रतियोगिताको छनौट खेल खेल्न राजबिराज जान लागेको पर्सा क्रिकेट टोलीलाई साहिब दरबार सेवा संस्थानले सम्मान तथा विदाई गरेको छ ।
वीरगञ्जमा आज आयोजित एक कार्यक्रमकाबीच टोलीलाई संस्थानले टीका र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
कार्यक्रममा संस्थानका अध्यक्ष राजेशमान सिंहले खेलाडीलाई आवश्यक पर्ने हरेक खेलसामग्री उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा संस्थानका सदस्य मुकेश द्विवेदीले स्थानीय सरकारले खेल क्षेत्रमा लगानी नगरेको भन्दै आक्रोस ब्यक्त गर्नु भयो । सप्तरीको राजबिराजमा गएको बुधबारदेखी छनौट प्रतियोगिता जारी छ । ग्रुप ‘बी’ मा रहेको पर्सा जिल्ला भने शनिबार खेल्दै छ । प्रदेश भरिका आठै जिल्लाको सहभागिता रहेको
प्रतियोगितामा भोली पर्साले बारा जिल्लाको सामना गर्ने छ ।
पर्सा जिल्लाको टोली हासिम अन्सारीको कप्तानीमा मैदान उत्रने छ ।
सम्मान तथा बिदाई कार्यक्रमको सहजिकरण संस्थानका महासचिब उमेशलाल सहनीले गर्नु भएको थियो ।







