बीरगन्ज । बीरगन्ज महानगरले आज वडा नम्बर १२ मा ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ ।
बढ्दै गएको चिसोबाट ज्येष्ठ नागरिकहरुलाई बचाउनका लागि कम्बल वितरण गर्ने अभियान अन्तर्गत आज दोश्रो दिन बीरगन्ज माहानगरपालिकाको वडा नम्बर १२ मा कम्बल वितरण गरेको हो ।
महानगरको जनकल्याणकारी योजना अन्तर्गत ३२ वटै वडाका ज्येष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति एक थान कम्बल, एकथान झुल, एकथान छाता र एकथान टर्च वितरण गरिने बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताए ।
यसरी महानगरका करिब ६ हजार ज्येष्ठ नागरिक, असहाय, गरिब विपन्नहरुलाई कम्बल लगायतका सामग्री बितरण गरिने उहाँले बताउनुभयो ।
आज वार्ड नम्बर १२ मा वडा अध्यक्ष रामदरश प्रसादको अध्यक्षतामा प्रमुख अतिथि नगरप्रमुख बिजय कुमार सरावगीले ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गर्नुभएको नगर प्रमुख सरावगीका स्वकीय सचिव पिन्टु उपाध्यायले बताए ।







