Categories समाचार

मन्त्री झाँक्रीको ‘पिर्के सलामी’ : बन्यो चर्चाको बिषय

Advertisement

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।

जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्रयोगकर्ता राजकुमार राईले झाँक्रीले लिएको सलामीको तस्वीर राख्दै ‘गफ गर्न धेरै सजिलो हजुर’ भनेर व्यङ्ग्य गरेका छन्

Advertisement

त्यसैगरी सामाजिक सञ्जाल प्रयोगकर्ता सुजन खनालले ‘पिर्के सलामीको विरोध गर्दागर्दै गुल्मीको पुर्कोट दहमा रहेको एक प्रहरी कार्यालय पुगेर पिर्के सलामी खान पुग्नुभएछ झाँक्री जी !’ भनेर व्यङ्ग्य गरेका छन् । त्यसैगरी ओम कौडिल्यले ‘हाम्री दिदीले पनि पिर्के सलामी खान थाल्नुभएछ लु बधाई’ भनेका छन् ।

Advertisement

झाँक्रीले विगतमा त्यस्तो सलामीको बिरोध गर्ने गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको जनाइन् । ‘कि मैले त्यो कार्यक्रम रद्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो । भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै पहलमा चौकी स्थापना समेत भएकाले कार्यक्रम रद्द गर्न र कसैलाई नमिठो बनाउन चाहिन । आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले त्यो बाटो रोजे’, मन्त्री झाँक्रीले बताइन् ।

पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक हुँदै आएका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *