Categories समाचार

यातायातमा सर्वसाधारणलाई हैरान बनाउने १६ विचौलिया पक्राउ

Advertisement

काठमाडौं । चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले आज १६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी छन् । यस्तै, पक्राउ पर्ने अन्यमा धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र विवेक न्यौपाने, तनहुँका शुशान्तराज भण्डारी, मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ललितपुरका रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङ रहेको प्रहरीले जनाएको छ ।

Advertisement

पक्राउ परेका सवैजनामाथि यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई लाग्ने दस्तुरभन्दा बढी लिने गरेको तथा छिटो काम गरिदिने बहानामा आश्वासन दिई जबर्जस्ती गरेर सेवाग्राहीलाई दुःख दिने गरेको आरोप छ । उनीहरुलाई सार्वजनिक स्थानमा अशान्ति मच्चाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। अपराध संहिता, २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटले उनीहरुमाथि अनुसन्धान गरिरहेको उनले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *