Categories समाचार स्वास्थ्य

जोखिम समूहका व्यक्तिलाई अतिरिक्त मात्रा खोप दिने निर्णय

Advertisement

काठमाडौं । सरकारले नेपालमा कोभिड १९ विरुद्धको अतिरिक्त मात्रा खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो ।

अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई दिन लागिएको थप खोप भएको जानकारी दिएको छ ।

Advertisement

सरकारले दिन लागेको मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु सक्रिय क्यान्सरका बिरामी,अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी,उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामी पाउने मन्त्रालले जनाएको छ ।

Advertisement

यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *