Categories समाचार स्वास्थ्य

रक्तसञ्चार केन्द्रलाई कुर्सि हस्तान्तरण

Advertisement

पर्सा । लाईफ बैंक, काठ्माडौंले गैरआवासीय नेपाली संघ रक्तसञ्चार समितिको संयोजनमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा विरगंज, पर्सालाई चार वटा रक्तदान कुर्सी हस्तान्तरण गरेको छ ।

उक्त कुर्सी ब्लड डोनर्स एसोसिएसन पर्साका सचीव अरबिन्द कुमार सिंहले रेडक्रस पर्साका कोषाध्यक्ष महन्थ प्रसाद यादव, उपमन्त्री साबिर अहम्मद एराजलाई हस्तान्तरण गर्नु भएको थियो भने कोषाध्यक्ष यादवले धन्यवाद ब्यक्त गर्नु भएको थियो साथै सचिव सिंहले रक्तदान एवं सक्तसन्चार केन्द्रलाइ हरेक निकायबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

Advertisement

कार्यक्रममा रक्तसञ्चार केन्द्र इन्चार्ज सौरभ राज पाण्डे, प्राबिधिक डिल्लमाया घिमिरे, राजन श्रीवास्तव, मन्ताज मिया, कुमार दहाल, हरि राउत लगायतको उपस्थिति रहेको कुरा रेडक्रस पर्साका राजन श्रीवास्तवले जानकारी गराए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *