काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ७ हजार ७९४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ५५ जना र १ हजार ५३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २५ हजार ९५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भए, ३ संक्रमितको मृत्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ६३ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १२ हजार ९३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३२९ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख २३ हजार ७७० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।







