श्याम सर्राफ
वीरगंज । पर्सा सुनचाँदी कारिगर संघ द्वारा आयोजित स्वजातिय दोस्रो सोनार प्रिमियर लिग डे-नाइट T – 20 क्रिकेट टुर्नामेन्टको आज एक कार्यक्रम बिच उद्घाटन गरिएको छ।
उद्घाटन सत्रमा वीरगंज महानगरपालिका वडा न. ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारले बैटिङ र पर्सा सुनचाँदी व्यवसायि संघका सचिव अनिल सरार्फले बौलिङ गर्नुभएको थियो । पुष ३० सम्म चल्ने प्रतियोगितामा ८ टिमको सहभागीता रहेको छ ।
पहिलो सोनार प्रिमियर लिग संस्करण को बिजेता रोहित ज्वेलरी थियो भने उपबिजेता घण्टाघर स्टार रहेको थियो।हाल बारा र पर्सामा रहेका सुनचादीको गरगहना बनाउने कालिगढ्हरुले विभिन्न टिम बनाएर प्रतियोगितामा भाग लिएका हुन ।

पहिलो सोनार प्रिमियर लिगमा बिजेतालाई ५०००० र उपबिजेतालाई २५००० प्रदान गरिएको थियो भने यसपाली बिजेतालाई ७५००० र उपबिजेतालाई ३५००० दिइने समितिले जनाएको छ।
खेलबाट्ट मानिषमा उर्जा थपिनुको साथै चुस्त दुरुत महसूस हुने भएकोले आफ्ना काम बाहेक केहि समय खेल लाई पनी दिनुपर्छ भन्दै आयोजना गरिएको पहिलो प्रिमियर लिगबाट्ट प्रभावित भएर दोस्रो प्रिमियर लिग गर्नलागिएको पर्सा सुनचाँदी कारिगर संघ पर्साका सदस्य तथा समितिका कोषाध्यक्ष हरिओम सरार्फले जानकारी गराउनुभयो।
नेपाल सुनचाँदी ब्यवसाय महासघका केन्द्रिय सदस्य निरज सरार्फले दिप प्रज्वलित गरेका थिए भने भुलन सर्राफले रिबन काटेर उद्घाटन गरेको समारोहमा शान्तिको प्रतिक परेवा प्रवेश सर्राफले उडाउनु भएको थियो ।

पर्सा सुनचादी कालिगढ सघका अध्यक्ष पप्पु सरार्फको अध्यक्षतामा भएको उदघाटन समारोहमा पर्सा सुनचादी ब्यवसाय सघका अध्यक्ष भुलन सरार्फ, नेपाल सुनचादी ब्यवसायी महासघ प्रदेश २ का महासचिव प्रवेश सरार्फ, वीरगन्ज ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकाल, लोकतान्त्रिक समाजवादी पार्टी वीरगन्ज महानगर अध्यक्ष ओम प्रकाश सरार्फ, प्रहरी नायब निरीक्षक गौरीशकर साह, औषधि ब्यवसायी प्रमोद सरार्फ, राष्ट्रिय सहारा दैनिक पत्रीका सम्पादक चन्द्रभुषण साह, नारायणी एफ.एमका स्टेसन प्रबन्धक क्रान्ती साह, सुनचादी ब्यवसायी सघ पर्साका महासचिव अनिल सरार्फ लगायतले प्रतियोगिताको सफलताको कामना ब्यक्त गरे ।






