Categories समाचार

अबैध रुपमा भित्रीएको भारतीय निजी सवारी साधन प्रहरीको नियन्त्रणमा।

Advertisement

वीरगञ्ज। पर्सा प्रहरीले अबैध रुपमा भित्रीएको भारतीय निजी सवारी साधन नियन्त्रणमा लिएको छ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा भारतीय नम्बरको स्कारपियो गाडी भन्सार छली नेपाल भित्र्याई पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा अनाधिकृतरूपमा चलाइरहेको पाएपछी नियन्त्रणमा लिइएको छ।

Advertisement

सूचनाको अाधारमा हिजो वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको गस्ती टोलीले खोजतलास गर्दै जाने क्रममा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१३ स्थित सडकखण्डमा BR05H 4995 नम्बरको भारतीय स्कारपियो गाडी सडकको छेउमा बेवारिसे अवस्थामा फेला पारेको थियो ।

Advertisement

हक दावी गर्ने व्यक्ति खोजतलास गर्दा कोही कसैले हक दावी गर्न नआएको हुँदा उक्त गाडीलाई बरामद गरी रू.१५,००,०००।–(पन्ध्र लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *