Categories अर्थ समाचार

छ लाख चउन्न हजार रकमसहित हुण्डी कारोबार गर्ने भारतका २ जना पक्राउ ।

वीरगञ्ज । पर्सा प्रहरीले छ लाख चउन्न हजार रकमसहित हुण्डी कारोबार गर्ने भारतका २ जनालाई पक्राउ गरेको छ ।

हिजो साझ १५:०० बजे प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज म.न.पा.वडा नं.१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले ति दुबैलाई पक्राउ परेको हो ।

Advertisement

भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउने क्रममा शंका लागि रोकी जाँच गर्दा भारत जिल्ला मोतिहारी पुर्वी चम्पारण ढाका थाना विक्रमपुर वडा नं.७ का ४८ बर्षिय जादोलाल साह र छौडादानो थाना वडा नं.३ का ३८ बर्षिय बिगन साहले शरीरमा लुकाई छिपाई राखेको नेपाली रुपैया सहित पक्राउ परेका हुन ।

Advertisement

श्रोत नखुलेको नेपाली रू.६,५४,०००।– (छ लाख चउन्न हजार) फेला परेको हुँदा उक्त रकम बरामद गरी निजहरुलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *