वीरगञ्ज । पर्सामा छुट्टा छुट्टैै २ वटा मोटरसाइकल चोरी गर्दागर्दै ३ जना युवाहरू पक्राउ परेका छन ।
हिजो साझ अंन्दाजी २१:०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ शिरोमणि टोलमा सडक छेउमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरि भादै गर्दा प्रहरीले पक्राउ गरेको छ।
सवारीधनी जिल्ला बारा सिम्रौनगढ न.पा. वडा नं.४ घर भई हाल वीरगञ्ज म.न.पा.वडा नं.१५ डेरा गरी बस्ने आर्यन गुप्ताको प्रदेश २-०३-०१३ प २४५७ नम्बरको २०० सि सि को कालो र रातो रंगको एन.एस. पल्सर मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुईजना पक्राउ परेका हुन ।
तत्काल जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उक्त मोटरसाइकल र चोरीमा संलग्न बि.म.न.पा. १५ बस्ने वर्ष २० का अवधेश महतो र सोही ठेगानामा बस्ने वर्ष २१ का सुवास तिवारीलाई नियन्त्रणमा लिएको हो ।
साथै हिजोनै दिनको अन्दाजी १२.३० बजे जिल्ला पर्सा वी.म.न.पा.वडा नं.१४ बस्ने दिलीप पाण्डेले घण्टाघर स्थित सडक छेउमा पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्वरको 200 C’C को कालो र रातो रंगको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा डिउटीमा रहेको प्रहरी टोलीले उक्त मोटरसाइकल र चोरीमा संलग्न जिल्ला बारा कोल्हबी नगरपालिका वडा नं.९ बस्ने बर्ष १९ का सबिन चौधरीलाई नियन्त्रणमा लिएको छ।
छुट्टा छुट्टैै चोरीमा प्रकरणमा पक्राउ परेका तिनै जना माथी चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।







