Categories समाचार

छठमा दुई समूह बीचको झडपका घाइते पटेलको मृत्यु, कलैयामा विरोध प्रदर्शन

Advertisement

वीरगंज । यस वर्ष छठ पुकाको क्रममा बारा जिल्लाको कलैयामा भएको झडपमा परेर घाइते भएका युवकको मृत्यु भएको छ ।

गम्भीर रुपले घाइते भएका कलैया उपमहानगरपालिका वडा नम्बर १९ ईनरवारी निवासी १७ बर्षिय राधेश्याम पटेलको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

युवक विगत २ महिनादेखि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचाररत थिए ।

Advertisement

गत कत्तिक २४ गते छठपूजाका दिन स्थानियहरु बीच भएको झडपमा परेर पटेल घाइते भएका थिए । छठ मनाउने क्रममा पटाका पड्काउँने विषयलाई लिएर भएको भनाभन उग्र रुप लिँदै झडपमा परिणत भएपछि पटेल घाइते भएको स्थानीयले बताएका छन् ।

झडपमा पटेलसहित सुमन साह, बोलबम साह कानु लगायतका व्यक्ति घाईते भएका थिए । घाईतेमध्ये पटेलको टाउँकोमा गम्भिर चोट लागेका कारण उनलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो ।  उपचार गराउने क्रममा आज ५६ औं दिन उनको मृत्यु भएको अस्पतालका चिक्तिसकले जनाएका छन् । 

पटेललाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ९ जनामाथि ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरी कारवाहीको प्रकृया अगाडी बढाएको बारा प्रहरीका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कलैया-१९ ईनरवारीका ३० बर्षिय नाजिर हुसैंन मियाँलाई नियन्त्रणमा समेत लिएको छ । मियाँ विरुद्ध ज्यानमार्ने मुद्दा दर्ता गरी अहिले पूर्वपक्षको लागि वीरगञ्ज कारागारमा पठाईएको थापाले बताए । अन्य फरार अब्दुलाह ठकुराई, ग्याँसु ठकुराई, लालबाबु ठकुराई लगायत ८ जनाको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ । 

पटेलको मृत्यु भएको जानकारी पाउनसाथ कलैयामा स्थानीयले केहि बेर चक्काजामसमेत गरेका थिए । स्थानीयहरूले केही व्यक्तिले धार्मिक सहिषणुता बिगार्न युवाकहरुमाथि आक्रमण गरेको बताउँदै घटनामा संलग्न अन्य आरोपितहरुलाई पनि छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै चक्काजाम गरेका हुन् ।

स्थानीयहरुले पटेलको परिवारलाई सरकारले क्षतिपुर्तीसमेत दिनुपर्ने माग गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *