Categories समाचार

रक्सौल वीरगंज हुँदै काठमाडौं पुग्ने रेल मार्गको लागि फाइनल लोकेशन सर्भे शुरू

Advertisement

वीरगंज । भारतको रक्सौलबाट वीरगंज सिमरा, हेटौडा हुँदै काठमाडौं पुग्ने रेल मार्ग निर्माणका लागि फाइनल लोकेशन सर्भे शुरू भएको छ । 

गत असोज २२ मा नेपाल र भारत सरकारका उच्च अधिकारीबीच भएको समझदारी पत्र एमओयू अनुसार लोकेशन सर्भे शुरू गरिएको हो । सम्झौताअनुसार यो सर्भे १८ महिनाभित्र सम्पन्न गर्नु पर्ने रेल विभागका महानिर्देशक दिपककुमार भट्टराईले बताउनुभयो ।  विस्तृत सर्भे तथा अध्ययनबाट परियोजनाको विस्तृत रिपोर्ट तयार हुनेछरु। त्यसका आधारमा लगानी गर्ने आधार खोजिने भट्टराईले बताउनु भयो ।

Advertisement

प्रारम्भिक अध्ययनअनुसार रेलमार्गको दूरी १ सय ३६ किमी हुने भएको छ।  रक्सौल देखि वीरगंज स्थित सुक्खा बन्दरगाह हुँदै विस्तार गरिने रेल मार्ग काठमाडौं सम्म पुग्ने छ । प्रारम्भिक अध्ययनअनुसार रेल मार्गको ४२ किलो मिटर क्षेत्रमा शुरूङ मार्ग बनाइने छ । 

Advertisement

यसको अनुमानित प्रारम्भिक लागत ३ खर्ब रुपियाँँ रहेको छ । डीपीआर तयार भएपछि लागत समेत तलमाथि हुन सक्ने विभागले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *