Categories समाचार

फोनिज प्रदेश न.२ को दोस्रो प्रादेशिक महाधिवेशन आर्थिक नगरी बिरगंजमा हुने ।

Advertisement

बिरगंज। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश न. २ को दोस्रो महाधिवेशन आर्थिक नगरी बिरगंजमा हुने भएको छ।

बिरगंजको लिंक रोड स्थित होटेल कुमु प्यालेसमा शनिबार बिहान ११ बजे उद्घघाटन सत्र सुरु भै भोलि नै बन्द सत्र सुरु गरी सर्वसम्मतिले नयाँ नेतृत्व चयन गरिने तयारी भैरहेको प्रदेश अध्यक्ष प्रमेश बादेले जानकारी दिनुभयो ।

Advertisement

अधिवेशनको सम्पूर्ण तयारी पूरा भैसकेको र अधिवेशनका लागि ६ वटा जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकहरु बिरगंज आइसकेको प्रदेश उपाध्यक्ष दिपेश श्रेष्ठले जानकारी गराउनु भयो।

Advertisement

प्रदेश २ को ८ वटा जिल्ला मध्य धनुषा र महोत्तरीमा हालसम्म जिल्ला शाखा बिस्तार हुन नसकेकोले ६ वटा जिल्लाबाट मात्रै प्रतिनिधि आएको प्रदेश महासचिव अनिता चौधरीले बताए ।

हाल फोनिजको केन्द्रीय सर्कुलर अनुसार जिल्ला अधिवेशन सकेर प्रदेश अधिवेशन हुदैछ केन्द्रको भने आगामी माघ ७ र ८ गते चितवनको सौराहामा सातौं महाधिवेशन हुन गैइ रहेको समेत अध्यक्ष बादेले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *