वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गर्दा एक जना युवालाई पक्राउ गरेको छ।
पछिलो बिहिबार साझ १९:०० बजे पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं.१५ स्थित सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको भन्ने जानकारी प्राप्त भएपछी पक्राउ परेका हुन ।
घटनास्थल रेसपोन्ड गर्न गएको प्रहरी टोलीले पैदल यात्रीलाई ठक्कर दिई आफू समेत घाईते भएका प्रदेश २-०३-०१४ प २५८० नम्बरको १२४. ७ सि सि को कालो रंगको सुपर स्पेलेण्डर मोटरसाइकलको चालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.३ बस्ने बर्ष २० का मिलन दोङ र सो मोटरसाइकस नियन्त्रणमा लिईएको हो ।
सोधपुछ गर्दा उक्त मोटरसाइकल जिल्ला चितवन भ.न.पा.वडा नं.९ बस्ने कुन्जन उप्रेतीले वीरगञ्ज म.न.पा.वडा नं.१६ स्थित सडकखण्डमा सोही दिन पार्किङ गरी राखेको अवस्थामा निज मिलन दोङले चोरी गरि भाग्दै गरेको खुल्न आएको हुँदा निज उपर चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







