Categories समाचार समाज

बिरगंज कपडा बैंक द्वारा कलैयामा न्यानो कपडा बितरण ।

Advertisement

कलैया । बिरगंज कपडा बैंक द्वारा कलैया को भरत चोकमा न्यानो कपडा बितरण गरिएको छ । स्व. रामचन्द्र सिंह ( क्रान्तिकारी ) को पुण्य स्मृतीमा बिरगंज कपडा बैंक का संरक्षक सुरेन्द्र कुर्मी को अध्यक्षतामा भएको सो कार्यक्रममा दिन दुखी असहाय एवम बिपन्न बर्गलाइ चिसोको मौसममा लगाइने चिटर १०० थान , कम्बल २५ थान र साडी २५ थान गरि जम्मा १५० थान कपडा बितरन गरिएको छ ।

सो अवसरमा सामाजिक अभियन्ता प्रकाश थारु, समाज बिकास समिती बारा का अध्यक्ष शैलेन्द्र त्रिपाठी , सम्रग बिकास केन्द्र नेपाल का अध्यक्ष लालु कुमार गुप्ता , अरजुन मेहता , डा. शिवानी पटेल , साविर आलम, महमद अन्सारी ,सुरेन्द्र पटेल,रिजवी खली, सैयद अन्सारी, कन्हैया पटेल , लालबाबु सिंह , निला कुमारी राम , सन्चारकर्मी रविन्द्र प्रसाद साह लगायत को सहभागिता रहेको थियो ।

Advertisement

बिरगंज कपडा बैंक का संरक्षक कुर्मिले अहिले को चिसोको बिपत समयमा हामी सबैले जति सक्दो दिन दुखी असहाय गरिब हरुको सेवा सहयोग गर्न आवश्यक रहेको छ किनभने दिन दुखिको सेवा सहयोग नै मानवको सर्बोत्तम धर्म हो कर्म हो भन्दै स्व. रामचन्द्र सिंह ( क्रान्तिकारी ) पनि दिन दुखी असहायको सेवा सहयोगमा आफ्नो जीवन उत्सर्ग गरेका महान आत्माको चिर शान्तिको लागि कामना गर्दै उहाको सम्पूर्ण परिवार प्रती धन्यवाद पनि ब्यक्त गरेका थिए ।

Advertisement

बिरगंज कपडा बैंकका अध्यक्ष बृजेश्वर प्रसाद चौधरिले बिरगंज कपडा बैंक ले बिपन्न बर्ग लाई लक्ष्यित गरि बिगत देखिनै पर्सा – बारा जिल्लामा विभिन्न किसिमका निशुल्क कपडा बितरण , निशुल्क खाधान्न बितरण कार्यक्रमको आयोजना गर्दै दिन दुखी असहायको सेवा सहयोग गर्दै आइरहेको बताउदै आजको निशुल्क न्यानो कपडा बितरण को लागि स्व. सिंह का परिवारजन प्रती हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *