वीरगंज । मानवसेवा आश्रमले पुष र माघ महिनाको कठ्याङ्ग्रिदो जाडोमा खुल्ला आकाश मुनी जिवन यापन गर्न बाध्य रहेकाहरूका लागी व्यवस्था गरिरहेको छ। ति मध्ये कती मानसिक संतुलन गुमाएर सडक बास बस्न बाध्य छन भने कती दिनभर ज्यालादारी गरि राती सडकमा सुतने समेत रहेको मानव सेवा आश्रम पर्साकि संयोजक सानु मानवसेवाले जानकारी दिनु भयो ।
अन्तिम क्षण सडकमा दुख भोगेर बिताउन नपरोस, कठ्याङ्ग्रिदोमा सबैलाई खाना, नाना र छानाको व्यवस्थापन गर्न सकियोस भन्ने उद्धेश्यले सडकमानवको राष्ट्रिय उद्धारका लागि महाकाली यात्रा–२०७८ सञ्चालन गरिरहेको छ । त्यस्तै यो भन्दा पहिलापनी आश्रमबाट्ट रात्रीकालीन सडक सेवा गर्दै आएको वीरगंज शाखाले कसैले पनि साप्ताहिक कार्यक्रम संचालन गरेको हो ।

यहि महिनाको २० गते देखी २६ गते सम्मको यात्रामा १ जना बालक, २ महिला, ३ जना पुरुष गरि ६ जनाको उद्धार गरिएको शाखाकि संयोजक सानुले बताउनु भयो।
विसं २०६९ सालमा स्थापित आश्रमले हालसम्म आश्रमले ६ हजार ७८५ सहाराविहीन अनाथ, अपाङ्गता भएका, अशक्त, असहाय एवं मनोरोगीहरुलाई सेवा प्रदान गरेको छ । २ हजार ४६९ जनालाई उद्धारपछि पारिवारिक पुनर्मिलन गरिएको छ । भने, हालसम्म उद्धार गरेका ६५५ जनाको मृत्यु भएको छ । १ हजार ७२६ जना आश्रमको संरक्षणमा रही उपचारपश्चात बाहिरिएका छन् ।

मानवीयताको राष्ट्र नेपाल निर्माणको सपनालाई साकार पार्न विसं २०८२ सम्ममा कम्तीमा एक हजार जना जुझारु, सिर्जनशील, मानवताप्रेमी पूर्णकालीन अभियानकर्मी तथा एक लाख स्वयंसेवी तयार गर्ने आश्रमको भावी योजना रहेको छ ।