Categories समाचार समाज

जन्मदिनको अवसरमा आशा किरण केन्द्रलाई सहयोग ।

Advertisement

वीरगंज। युवाहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्ने चलन अहिले बढेको छ । तर एक युवाले आफ्नो जन्मदिनको अवसरमा आशा किरण केन्द्रका सुस्तमनिस्थिती बालबालिकाहरुका लागि खाद्यान्न तथा खाजा सहयोग गरेर एक उदाहरणीय काम गरेका छन् ।

वीरगंजका आयुष अग्रवालले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिकाहरुका लागि खाद्यान्न तथा खाजा सहयोग गरेका छन् । वीरगंजको चिनिमिल स्थित सिद्धार्थ स्कुलमा रहेको आशा किरण केन्द्रका सुस्तमनिस्थिती बालबालिकाहरुका लागि खाद्यान्न तथा खाजाका लागी नगद रु-११००० केन्द्रका महासचिव राजन श्रीवास्तवलाई हस्तनान्तरण गरेका हुन ।

Advertisement

जन्मदिनको अवसरमा पार्टी गरेर पैसा खर्च गर्नु भन्दा केहि सामाजिक कार्य गर्ने मनसायले थोरै भए पनि आवश्यक रहेको स्थानमा सहयोग गर्न पाउदा खुसी लागेको अग्रवालले बताए। केन्द्रका महासचिव श्रीवास्तवले केन्द्रमा रहेका बालबालिकाहरूका लागी हरेक सेवा सुबिधाहरू निशुल्क रहेकोले केन्द्रलाई ध्यानमा राखी सहयोग गरेका अग्रवाललाई धन्यवाद सहित जन्मदिनको शुभकामना व्यक्त गर्नु भएको थियो ।

Advertisement

अग्रवाल श्रुति इन्फोसिसका संचालक समेत हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *