Categories समाचार

श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा सम्पन्न

Advertisement

बिरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा समपन भएको छ ।

श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय यादवले उद्घाटन गर्नु भएको थियो ।

Advertisement

मन्त्री यादवले पर्साको उत्कृष्ठ सहकारी संस्था मध्येको श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाको १० बार्षिक साधारण सभालाई सम्बोधन गर्दै अगाडी भने ‘धनुषा, जलेश्वर कमला नदि पूर्वतर्फ कतै बीच भाग उपयुक्त हुन्छ’ । ‘वीरगन्ज प्रदेशको बीचभाग पर्दैन’ उनले भने । प्रदेशको नामको बिषयमा पनि ‘मधेश प्रदेश’को नजिक पुगेको उनले खुलासा गरे । अब केही दिनमा प्रदेश २ को हाउसले टुंगो लगाउने उनले बताए ।

Advertisement

वर्तमान संघियता पनि राजा महेन्द्र मोडेलको भएको मन्त्री यादवले तर्क गरे । राजामहाराजाको मोडेलभन्दा फरक नभएको उनले थपे । जनताले चाहेको जस्तो संघीयताका लागि आफूहरु पनि आन्दोलित रहेको भनी उनले जिकिर गरे । वीरगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष हरि प्रसाद गौतमले अगाडी बोल्ने क्रममा सहकारी क्षेत्र र उद्योग क्षेत्रले आफ्ना अधिकारका लागि नीतिगत आन्दोलन गरिरहेको बताएकै भनाइलाई उदृत गर्दै प्रदेश २ सरकार नै थप अधिकारका लागि आन्दोलित रहेको भनी नीति कार्यान्वयन र निर्माण गर्ने कुरामा अल्झाउने तर्फ उनी केन्द्रित रहे ।

मन्त्री यादव सहभागी हुन आएको श्रीनिधि सहकारीले भने कोरोनाको कहरका बीच पनि अघिल्लो बर्षभन्दा गतबर्ष निकै राम्रो कारोवार गरी बचत तथा निक्षेप दायित्व तर्फ ७१ करोड ५७ लाख, ४७ हजार ४० रुपैया पु¥याएको संस्थाका कार्यकारी प्रमुख चन्देश्वर चौरसियाले बताए । सेयर सदस्यहरु सामु उनले अध्यक्षले पेश गर्ने प्रतिवेदन प्रस्तुत गर्दै कर्जा तथा सापटी तर्फ संस्थाले ५६ करोड १९ लाख ९६ हजार ९ सय ५९ रुपैया लगानी गरेको उनले बताए । जबकी अघिल्लो बर्ष त्यो कारोवारमा क्रमशः ४० करोड ४४ लाख १२ हजार ८ सय ६७ बचत तथा निक्षेप दायित्व र ३५ करोड ८५ लाख ३८ हजार २८ रुपैया मात्र रहेको उनले बताए ।

आगमी बर्ष अझ संस्थाले १ अर्ब २० करोडसम्मको निक्षेप कारोवारको लक्ष्य लिएको जनाइएको छ । पर्साका प्रहरी प्रशासनका प्रमुख, पत्रकार अगुवा र सहकारी क्षेत्रका पनि विभिन्न नेतृत्वमा रहने व्यक्तिहरुको उल्लेख्य उपस्थिति रहेको सो संस्थाको १० औं बार्षिक साधारण सभामा संस्थालाई जिल्लाकै उत्कृष्ठ मध्ये दोस्रो स्थानमा पुर्याउन योगदान गरेका कर्मचारीहरुलाई सम्मान गरिएको छ । साथै सहभागी अतिथिहरुलाई पनि मायाको चिनो सहित श्रीनिधि सहकारी संस्थाले सम्मान गरेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *